चिनी मिलबाट पाउनु पर्ने बक्यौता रकम माग गर्दै सर्लाहीका उखु किसान काठमाडौंमा (फोटोफिचर)-Sutra News

चिनी मिलबाट पाउनु पर्ने बक्यौता रकम माग गर्दै सर्लाहीका उखु किसान काठमाडौंमा (फोटोफिचर)

आइतबार, २८ मंसिर २०७७

आइतबार, २८ मंसिर २०७७

काठमाडौं- चिनी मिलबाट पाउनु पर्ने बक्यौता रकम माग गर्दै सर्लाहीका उखु किसानले आइतबारदेखि काठमाडौंमा आन्दोलन थालेका छन् । माइतीघर मण्डलामा उखु किसान संघर्ष समितिको आयोजनामा चिनीमिलबाट रकम भुक्तानी नपाएको र गएको पुस १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागु नभएको विरोधमा प्रदर्शन भएको हो ।



उखु किसान संघर्ष समिति अध्यक्ष राम स्वायत राय, सचिव हरिश्याम रायसहित झण्डै २५ जना उखु किसान विरोधमा सहभागी भएका छन् । यसअघि उखु किसानको आन्दोलनमा आफ्नो साथ तथा समर्थन रहेको विवेकशील साझा पार्टीले जनाएको थियो ।

131026911_387048322564201_7575776525300566445_n.jpg

131014553_148434123342479_2783220065235578996_n.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट