इट्टाभट्टामा बुद्धि तामाङको ‘नोस्टाल्जिया’ (प्रोमोसहित)-Sutra News

इट्टाभट्टामा बुद्धि तामाङको ‘नोस्टाल्जिया’ (प्रोमोसहित)

बुधबार, २८ असोज २०७७

बुधबार, २८ असोज २०७७

काठमाडौं– कलाकारितामा आउनुअघि अभिनेता बुद्धि तामाङले अनेक संघर्ष गरेका छन् । कहिले इट्टा बोक्ने काम गरेका छन् त कहिले बदाम बेच्ने, कहिले पत्रिका बाड्ने त कहिले गेष्ट हाउसमा भाडा माझ्ने ।



संघर्षले खारिएका यिनै बुद्धिलाई सूत्रन्यूज डटकमले आफ्नो अफिसियल युट्युब सूत्र टिभीको नयाँ कार्यक्रम ‘नोस्टाल्जिया : एक मान्छे एक इतिहास’ को दोश्रो एपिसोडका लागि भक्तपुरस्थित एक इट्टाभट्टा लिएर गयो । जहाँ उनी आफ्ना पुराना दिनहरु सम्झिएर ‘नोस्टाल्जिक’ भए ।

हरेक शुक्रबार प्रसारण हुने यो कार्यक्रमको दोश्रो एपिसोडको प्रोमो मंगलबार सार्वजनिक भएको छ । अनिल यादवको कन्सेप्ट तथा प्रस्तुति रहेको यो कार्यक्रमको पहिलो एपिसोडमा अभिनेता विपिन कार्की अतिथि थिए ।

हेर्नुस् प्रोमो :

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट