कहाँ कस्तो रहला आजको मौसम ?-Sutra News

कहाँ कस्तो रहला आजको मौसम ?

शुक्रबार, २३ असोज २०७७

शुक्रबार, २३ असोज २०७७

काठमाडौं- देशभर शुक्रबारको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।



शुक्रबार राति पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ। बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको मौसमविदले बताएका छन्। अहिले बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट