आजको मौसम: देशभर सामान्य र केही स्थानमा भारी वर्षा हुने-Sutra News

आजको मौसम: देशभर सामान्य र केही स्थानमा भारी वर्षा हुने

आइतबार, ११ असोज २०७७

आइतबार, ११ असोज २०७७

काठमाडौं- देशभर सामान्य र केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ। हाल भारतको बिहारमा न्यून चापीय क्षेत्र रहेको छ। साथै यो न्यून चापीय क्षेत्र उत्तर–पूर्व सर्दैछ।



सुदूर–पश्चिम, कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश नम्बर १ का केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। साथै प्रदेश १ का एक दुई स्थानमा भारी वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेग गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १ का एक र दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ। त्यस्तै आज राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट