भोलिबाट मौसममा सुधार आउने, आज देशभर मेघ गर्जनसहित समान्य वर्षाको सम्भावना-Sutra News

भोलिबाट मौसममा सुधार आउने, आज देशभर मेघ गर्जनसहित समान्य वर्षाको सम्भावना

शुक्रबार, ९ असोज २०७७

शुक्रबार, ९ असोज २०७७

काठमाडौं- आज देशभर मेघ गर्जनसहित समान्य वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  हाल भारतको मध्य प्रदेशको पूर्वी भू-भागमा न्यून चापीय क्षेत्र रहेको छ। साथै यो न्यून चापीय क्षेत्र उत्तर–पूर्वतिर सर्दैछ।



महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अन्य प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

त्यस्तै, आज राति देशभर सामान्यदेखि अधिकांश बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान भारी वर्षाकोसमेत सम्भावना रहेको छ।

भोलिबाट मौसमा सुधार आउने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट