महराद्वारा थारु सङ्ग्रहालयको अवलोकन-Sutra News

महराद्वारा थारु सङ्ग्रहालयको अवलोकन

शुक्रबार, २६ भाद्र २०७७

शुक्रबार, २६ भाद्र २०७७

दाङ- पूर्वसभामुख कृष्णबहादुर महराले दाङ दंगीशरण गाउँपालिका–३ चखौरास्थित थारु सङ्ग्रहालयको अवलोकन गरेका छन्। थारुको पहिचान तथा सँस्कृति झल्किने उद्देश्यले निर्माण गरिएको उक्त सङ्ग्रहालयको उनले आज अवलोकन गरेका हुन्।



सङ्ग्रहालयमा थारु समुदायको इतिहास, उत्पति, भेषभुषा, कला संस्कृति, रहनसहन, खानपान, चाडपर्व, दंगीशरण राजाको सालिकलगायतका सामग्री राखिएको छ। यसले थारु समुदायको पहिचानलाई जोगाइ राख्न मद्दत गर्ने पूर्वसभामुख महराले बताए।

थारुका राजा दंगीशरणले राज गरेको जिल्लामा यसरी व्यवस्थित तरिकाले संग्रहालय निर्माण गरी सञ्चालन गर्नुले पर्यटन क्षेत्रको समेत विकास हुने उनको भनाइ थियो। दाङ थारु समुदायका लागि ऐतिहासिक ठाउँ भएको र यही जिल्लामा थारु संग्रहालय निर्माण हुनुले जिल्लाको पर्यटनले फड्को मार्ने उनले बताए।

त्यस अवसरमा महतवा महासंघका केन्द्रीय अध्यक्ष तथा प्रदेश नं. ५ का प्रदेशसभा सदस्य डिल्ली चौधरीले सङग्रहालय हेर्न दैनिक पाँच सयदेखि एक हजार मान्छेसम्म आउने गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट