आजको मौसम : देशभर सामान्यदेखि पूर्ण बदली रहने, केही प्रदेशमा वर्षाको सम्भावना-Sutra News

आजको मौसम : देशभर सामान्यदेखि पूर्ण बदली रहने, केही प्रदेशमा वर्षाको सम्भावना

शुक्रबार, २६ भाद्र २०७७

शुक्रबार, २६ भाद्र २०७७

काठमाडौं– आज देशभर सामान्यदेखि पूर्ण बदली रहने र केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ रहेकाले भारी वर्षाको सम्भावना कम भएको हो।



हाल देशभर सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समते सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट