राजदूत प्रस्तावित तीनै जनाको नाम संसदीय समितिबाट अनुमोदन-Sutra News

राजदूत प्रस्तावित तीनै जनाको नाम संसदीय समितिबाट अनुमोदन

बिहिबार, २५ भाद्र २०७७

बिहिबार, २५ भाद्र २०७७

काठमाडौं–संसदीय विशेष सुनुवाई समितिले जर्मनी, युरोपियन युनियन र पाकिस्तानका लागि नेपाली राजदूतमा प्रस्तावित तीनै जनाको नाम अनुमोदन गरेको छ।



बिहीबार बसेको समितिको बैठकले बेल्जियम र युरोपियन युनियनका लागि प्रस्तावित गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि प्रस्तावित तापस अधिकारी र जर्मनीका लागि प्रस्तावित रामकाजी खड्काको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो।

सरकारले १ भदौमा परराष्ट्र मन्त्रालयका सहसचिवत्रय राजभण्डारी, अधिकारी खड्कालाई राजदूतमा सिफारिश गरी संसदीय सुनुवाइका लागि पठाएको थियो।

समितिको १२ भदौमा बसेको बैठकले उक्त पदमा उनीहरुलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गरेको थियो।

प्रस्तावित व्यक्तिको संसदीय सुनुवाइबाट नाम अनुमोदनपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट