तीन देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै-Sutra News

तीन देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

बिहिबार, २५ भाद्र २०७७

बिहिबार, २५ भाद्र २०७७

काठमाडौं– विभिन्न तीनका देशमा प्रस्तावित राजदूतको बिहीबार संसदीय सनुनुवाइ हुने भएको छ। संंघीय संसद्अन्तर्गतको संसदीय सुनुवाई समितिले प्रस्थावित नाममा छलफल गर्न लागेको हो।



संघीय संसद् सचिवालयका अनुसार १२:१५ बाट सुरु गरिने छलफलमा राजदूतका लागि प्रस्तावित व्यक्तिहरूसँग छलफल गरी उनीहरूको उपयुक्तता र अनुपयुक्तता सम्बन्धमा निर्णय गरिने छ।

त्यसअघि नै बस्ने सुनुवाई समितिको पहिलो बैठकमा प्राप्त उजुरी/सूचनाहरूको खामबन्दी खोली समितिका सदीस्यहरूलाई वितरण गर्ने र त्यसमाथि छलफल गरिदैछ।

सार्वजनिक लेखा समितिको हलमा हुन लागेको सुनुवाईमा गेहेन्द्र राजभण्डारी (बेल्जियम र युरोपियन युनियन), तापस अधिकारी (पाकिस्तान) र रामकाजी खड्का (जर्मनी)ले आफू उक्त पदमा योग्य भएको सावित गर्न कोसिस गर्ने छन्।

सरकारले १ भदौमा परराष्ट्र मन्त्रालयका सहसचिवत्रय राजभण्डारी, अधिकारी खड्कालाई राजदूतमा सिफारिश गरी संसदीय सुनुवाइका लागि पठाएको थियो।

समितिको १२ भदौमा बसेको बैठकले उक्त पदमा उनीहरुलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गरेको थियो।

प्रस्तावित व्यक्तिको संसदीय सुनुवाइबाट नाम अनुमोदनपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट