कुलमानलाई नै प्राधिकरणको कार्यकारी निर्देशक बनाउने तयारी, आज मन्त्रिपरिषद्‍मा प्रस्ताव पेश गरिदै-Sutra News

कुलमानलाई नै प्राधिकरणको कार्यकारी निर्देशक बनाउने तयारी, आज मन्त्रिपरिषद्‍मा प्रस्ताव पेश गरिदै

बुधबार, २४ भाद्र २०७७

बुधबार, २४ भाद्र २०७७

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी प्रस्ताव आज मन्त्रिपरिषद्को बैठकमा जाने भएको छ। ऊर्जा, जलस्रोेत तथा सिँचाइको मन्त्रालयको तर्फबाट कार्यकारी निर्देशकसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‍मा जान लागेको हो।



‘कार्यकारी निर्देशक नियुक्ति सम्बन्धी प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगिदैछ’ ऊर्जा मन्त्रालय स्रोतले भन्यो, ‘वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै कार्यकारी निर्देशक बनाउने गरी प्रस्ताव तयारी पारिँदैछ।’

उता, गृह जिल्ला रोल्पा भ्रमणमा रहेका ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले पनि नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताएका छन्। प्रेस संगठन जिल्ला शाखाले बुधबार लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यो कुरा बताएका हुन्।

‘बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ गतेसम्म छ’ मन्त्री पुनले भनेका छन्, ‘त्यसअघि नै सरकारले नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा लगिनेछ।’

स्थानीय सञ्चारकर्मीहरुले घिसिङको पुनःनियुक्ति हुने नहुने विषयमा पनि प्रश्न राखेका थिए। मन्त्री पुनले भने कसलाई नियुक्ति गर्ने भन्ने विषयको अझै टुङ्गो नलागेको उत्तर दिए।

‘कुलमान घिसिङको विषयमा कोही सकरात्मक र कोही नकरात्मक रहेको भन्ने चलाइएको छ’ उनले भने, ‘यो हल्लामा कुनै सत्यता छैन।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट