मुख्यमन्त्री राउतको जितिया पर्वमा शुभकामना-Sutra News

मुख्यमन्त्री राउतको जितिया पर्वमा शुभकामना

बुधबार, २४ भाद्र २०७७

बुधबार, २४ भाद्र २०७७

काठमाडौं– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज जितिया पर्वका व्रतालु महिलाप्रति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वका माध्यमबाट देशभर नै आस्था र प्रेम कायम रहोस् भनी शुभकामना प्रकट गरेका हुन्।



मिथिलाञ्चलका हिन्दू धर्मावलम्बी माताहरु आ–आफ्ना सन्तानको दीर्घायुका लागि जितिया पर्वमा उपवास बसेर जिर्मूतवाहन देउताको पूजापाठ गरेर पर्व मनाउने गर्छन्। आजबाट विधिवतरूपमा सुरुभई शुक्रबार बिहान यो पर्व सम्पन्न हुन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट