वामदेवलाई राष्ट्रियसभाको सदस्यका लागि सिफारिस गर्न मन्त्रीपरिषद् बैठक सुरु-Sutra News

वामदेवलाई राष्ट्रियसभाको सदस्यका लागि सिफारिस गर्न मन्त्रीपरिषद् बैठक सुरु

शुक्रबार, १९ भाद्र २०७७

शुक्रबार, १९ भाद्र २०७७

काठमाडौं- बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रीपरिषद्को बैठक सुरु भएको छ। आजको बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्ने बताइएको छ।



सत्तारुढ नेकपाको केन्द्रीय सचिवालयको बैठकले बिहीबार (१८ भदौ) मा गौतमलाई राष्ट्रपतिबाट मनोनित हुने कोटाअन्तर्गत राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

गत २० फागुनमा नै अर्थमन्त्री युवराज खतिवडाको दुईवर्षे कार्यकाल पूरा भएपनि ६ महिनासम्म मन्त्री पदमा रहन पाउने संवैधानिक प्रावधानका कारण राष्ट्रपतिबाट नियुक्त हुने राष्ट्रियसभाको एउटा सिट खालि छ।

सोही खालि सिटमा गौतमलाई पठाइने भएपछि खतिवडा संविधानत आजसम्ममात्रै मन्त्री पदमा रहन पाउनेछन्। त्यसैले, उनले आजै राजीनामा दिनसक्ने चर्चा नेकपा वृत्तमा छ।

आजको बैठकमा खतिवडा पनि उपस्थित भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले मन्त्रीपरिषद्को बैठक उपस्थित अर्थमन्त्री खतिवडाले ओलीलाई भेट्दै गरेको छुट्टै तस्बिर सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट