बागलुङमा बाढी : उद्धार र राहत कार्यमा जुट्न सांसद संग्रौलाको आह्वान-Sutra News

बागलुङमा बाढी : उद्धार र राहत कार्यमा जुट्न सांसद संग्रौलाको आह्वान

शुक्रबार, १९ भाद्र २०७७

शुक्रबार, १९ भाद्र २०७७

काठमाडौं- कांग्रेस नेतृ डा.डिला संग्रौलाले बागलुङ बाढी घटनामा उद्धार तथा राहत वितरणमा लाग्न सबैलाई आह्वान गरेकी छिन्। बागलुङ, ढोरपाटनस्थित सुकुर्दुङ खोलामा बुधबार राति आएको बाढीले मानवीय तथा भौतिक क्षति पुर्याएको छ। 



घटनाप्रति दुःख् व्यक्त गर्दै सांसदसमेत रहेकी डा.संग्रौलाले शुक्रबार भनिन्, ‘प्राकृतिक विपद्को यस घडीमा स्थानीय, प्रदेश र संघीय सरकारकातर्फबाट आवश्यक राहत र ब्यबस्थापन गरी ढोरपाटनवासीमा भएको धनजनको अपूरणीय क्षतिलाई मनन गर्दै राजनीतिक दल, सुरक्षाकर्मी, सामाजिक अभियन्ता सबैबाट पहलकदमी गर्दै उद्धार सहयोगमा जुटौं।’

यसवर्ष बाढी–पहिरोका कारण जनधनको क्षतिका घटनाहरू निकै बढी हुनुको कारण ‘डोजर विकास’ भएको बताउँदै यसप्रति सरकार मूकदर्शक बनिरहनु ठूलो चिन्ताको विषय बनेको बताइन्। उनले हामीले चाहेको प्रकृतिमैत्री, दीगो विकासकाबारे बहस चलाउन अपिल गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट