कोरोना संक्रमण रोकथाम र उपचारमा सरकार गम्भीर भएन : कांग्रेस-Sutra News

कोरोना संक्रमण रोकथाम र उपचारमा सरकार गम्भीर भएन : कांग्रेस

बिहिबार, १८ भाद्र २०७७

बिहिबार, १८ भाद्र २०७७

काठमाडौं–कांग्रेसले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकको आर्थिक सामाजिक जीवनमा देखापरेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न सरकारसँग पुनः माग गरेको छ।



कांग्रेसको कोभिड–१९ अनुगमन समितिले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक–सामाजिक संकट कम गर्न सो कार्ययोजना सार्वजनिक गर्न माग गरेको हो।

कांग्रेस सहमहामन्त्री एवं समिति संयोजक डा.प्रकाशशरण महतले विज्ञप्तिमार्फत् सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी नदेखिएको उल्लेख गर्दै यस्तो संवेदनहीनता र निष्क्रियताको निन्दा गरे।

सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नभएको आरोप लगाउँदै उनले बन्दाबन्दी र निषेधाज्ञा जारी गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेको टिप्पणी गरे।

अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको बन्दाबन्दी र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो भएको र निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट चुलिनुका साथै संक्रमण बढ्नेक्रम पनि कम नभएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट