बागलुङ बाढी : बेपत्ताको खोजी र उद्धार कार्यमा जुट्न नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन-Sutra News

बागलुङ बाढी : बेपत्ताको खोजी र उद्धार कार्यमा जुट्न नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन

बिहिबार, १८ भाद्र २०७७

बिहिबार, १८ भाद्र २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बागलुङको ढोरपाटन नगरपालिका–९, को सुकुर्दुङ खोलामा आएको बाढीले वस्ती बगाएर मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गरेका छन्।



बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष दाहालले उक्त घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बाढीमा बेपत्ताको खोजी र उद्धार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, समाजसेवी लगायत सबैलाई आव्हान गरेका छन् ।

बाढीका कारण ज्यान गुमाएका, बेपत्ता र विस्थापित परिवारजनको उचित क्षतिपूर्ति र व्यवस्थापनको निम्ति पहल गर्न सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट