३ बजेका लागि सर्‍यो नेकपा सचिवालय बैठक-Sutra News

३ बजेका लागि सर्‍यो नेकपा सचिवालय बैठक

बिहिबार, १८ भाद्र २०७७

बिहिबार, १८ भाद्र २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक तयारी नपुगेको भन्दै दिउँसो ३ बजेका लागि सारिएको छ। यसअघि ११ बजेका समय निर्धारण गरिएको थियो। सचिवालय सदस्य झलनाथ खनालनले बैठक सारिएको जानकारी दिए । सूत्रन्युसँग उनले भने, ‘बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक दिउँको ३ बजेलाई सारिएको छ।’



उनका अनुसार आजको बैठकमा राष्ट्रिय सभामा कसलाई लैजाने भन्ने विषयमा छलफल हुनेछ। यसअघि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा अर्थमन्त्री डा.युवराज खतिवडालाई दोहोर्याउने मनासय राखेका थिए।

तर, नेकपा उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभामा जान इच्छुक रहेको बताएपछि ओली समस्यामा परेका छन्। आजकै सचिवालय बैठकमा यसअघि नेकपाले विवाद समाधानका लागि गठन गरेको कार्यदलले दिएको प्रतिवेदनमाथि पनि छलफल गर्ने तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट