दलित हत्या छानविनका लागि प्रदेश २ मा समिति गठन-Sutra News

दलित हत्या छानविनका लागि प्रदेश २ मा समिति गठन

बुधबार, १७ भाद्र २०७७

बुधबार, १७ भाद्र २०७७

काठमाडौं- प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा दलितहरुको हत्याको विषयलाई छानविन गर्न समिति गठन गरेका छन्। जातीय विभेद् तथा छुवाछुत अनुगमन उच्च स्तरीय समितिको बुधबार बसेको बैठकमा मुख्यमन्त्री राउतले समिति गठन गरेका हुन्।



आन्तरिक मामिलामन्त्री तथा तीनजना प्रदेश सभासदस्यसहितको समिति गठन गरिएको छ। उक्त समितिलाई प्रदेशमा दलितहरुको हत्याको विषयलाई छानविन गरी १५ दिनभित्र प्रतिवेदन दिन मुख्यमन्त्री राउतले निर्देशन दिएका छन्।

पहिलो बैठकको अध्यक्षता गरेका जनता समाजवादी पार्टीका नेतासमेत रहेका राउतले हिरासतमा हुने हत्याहरूको निष्पक्ष छानविन गरी कानुनबमोजिम कारबाही गर्न पनि निर्देशन दिएका छन्। 

बैठक निरन्तर बस्ने बताउँदै मुख्यमन्त्री राउतले भने, ‘अब जातीय विभेद् तथा छुवाछुत अनुगमन उच्चस्तरीय समितिको बैठक निरन्तर बस्ने, प्रदेश प्रहरी भित्र दलित सेल गठन गर्ने, हिरासतमा हुने हत्याहरुको निष्पक्ष छानविन गरि कानुनबमोजिम कारबाहीका लागि निर्देशन दिएको छु।’

त्यसैगरी बैठकले कोभिडमा भोकको कारणले मृत्यु भएका मलर सदाको परिवारलाई एक लाख ५० हजार, विराटनगरमा उपचारको रकम तिर्न नसकी अस्पतालमा बन्धक बनेका भुटाई सदाको परिवारलाई १ लाख पचास हजार र रौतटहमा हत्या भएका निरन्जन राम तथा मित्रा देवी बैठाको परिवारलाई समेत राहत उपलब्ध गराउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट