ओलीले पैँचोमा मागे ५० हजार टन युरिया मल, बंगलादेशी प्रधानमन्त्रीको सकरात्मक जवाफ-Sutra News

ओलीले पैँचोमा मागे ५० हजार टन युरिया मल, बंगलादेशी प्रधानमन्त्रीको सकरात्मक जवाफ

मंगलबार, १६ भाद्र २०७७

मंगलबार, १६ भाद्र २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी समकक्षी शेख हसिनासँग टेलिफोन वार्ता गरेर ५० हजार टन युरिया मल पैँचो मागेका छन्।



ओलीले मंगलबार अपराह्नतिर हसिनासँग टेलीफोन कुराकानी गरेका थिए। उक्त कुराकानीबारे जानकारी दिँदै परराष्ट्र मन्त्रालयले ओलीले बंगलादेशसँग ५० हजार टन युरियामल पैँचो मागेको उल्लेख गरेको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ओलीको आग्रहलाई बंगलादेशी प्रधानमन्त्री हसिनाले सकरात्मकरुपमा लिएको बताइएको छ। उक्त कुराकानीबारे स्वयं ओलीले पनि ट्वीटरमा जानकारी दिँदै आफ्नो आग्रहलाई बंगलादेशी प्रधानमन्त्रीले सकरात्मक रुमा लिएको बताएका छन्।

मल चाहिने समयमा समेत किसानहरुले मल पाउन नसकेपछि नेपालमा सरकारको चर्को आलोचना भइरहेको छ। ठेकेदारले समयमै आपुर्ति नगर्दा मल अभाव भएको सरकारी अधिकारीहरुले बताउने गरेका छन्।

मल समस्या समधान नभएपछि ओलीले फोन नै गरेरै छिमेकी बंलादेशसँग पैँचो मागेका हुन्।

अरु के-के कुरा भयो ?
परराष्ट्र मन्त्रालयका अनुसार ओलीले बंगलादेशका जन्मदाता मानिने बंगबन्धु शेख रहमानको सयौं वर्ष गाँठको अवसरमा बधाई दिएका थिए। दुवै प्रधानमन्त्रीले ऊर्जा उत्पादन, ग्रिट कनेक्टिभिटी, ऊर्जा वितरण, पर्यटन प्रबर्द्धन लगायतका साझा सरोकारका विषयमा पनि कुराकानी गरेका थिए।

ओलीले बंगलादेशको रोहनपुरदेखि भारतको सिंगवादसम्मकाका लागि नयाँ रेल मार्ग उपलब्ध गराएकोमा समकक्षी हसिनालाई धन्यावाद दिएका थिए। त्यस्तै दुवै देशले कारोना नियन्त्रमा चालेका प्रयासबारे पनि टेलिफोन वार्ताका क्रममा छलफल भएको थियो।

त्यस्तै ओलीले खाधन्नमा आत्मनिर्भर भएकोमा बंगलादेशलाई बधाई दिएका थिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट