भारतमा एकै दिन ५९ हजारभन्दा बढीलाई कोरोना संक्रमण-Sutra News

भारतमा एकै दिन ५९ हजारभन्दा बढीलाई कोरोना संक्रमण

मंगलबार, ९ भाद्र २०७७

मंगलबार, ९ भाद्र २०७७

एजेन्सी–भारतमा एकै दिन ५९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ। पछिल्लो २४ घण्टामा ५९ हजार ६९६ जना संक्रमित भएसँगै मंगलबारसम्म भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ६४ हजार ८८१ पुगेको हो।



संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो। संक्रमितमध्ये अहिलेसम्म २४ लाख ३ हजार १०१ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ३ हजार २३४ जनाको उपचार भइरहेको छ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५८ हजारभन्दा बढीको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ८५४ जनाको मृत्यु भएपछि भारतमा मृत्यु हुनेको संख्या ५८ हजार ५४६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट