राष्ट्रपति यस पटक पशुपतिनाथ सरिक नहुने-Sutra News

राष्ट्रपति यस पटक पशुपतिनाथ सरिक नहुने

शुक्रबार, ५ भाद्र २०७७

शुक्रबार, ५ भाद्र २०७७

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी हरितालिकाका अवसरमा आज पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक नहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ।



विगतमा राष्ट्रपति भण्डारी तीजका अवसरमा पशुपतिनाथ दर्शन गर्ने परम्परा रहेकामा यस पटक विश्‍वव्यापी महामारीका रूपमा फैलिएको कोभिड– १९ का कारण उक्त कार्यक्रममा सरिक हुन नसक्ने कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट