विज्ञको सल्लाह र सरकारको निर्देशन अनुरूप तीज मनाउन प्रधानमन्त्रीको आग्रह-Sutra News

विज्ञको सल्लाह र सरकारको निर्देशन अनुरूप तीज मनाउन प्रधानमन्त्रीको आग्रह

शुक्रबार, ५ भाद्र २०७७

शुक्रबार, ५ भाद्र २०७७

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञको सल्लाह र सरकारको निर्देशन अनुरूप तीज मनाउन हिन्दु नारीहरूलाई आग्रह गरेका छन्। हिन्दु नारीहरूको महान् चाड हरितालिका पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले शुक्रबार ट्वीटर मार्फत् सो कुरा बताएका हुन्।



विश्वभर माहामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण यस वर्षको तीज कष्टकर परिस्थितिका बीच मनाउनु परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विगतमा जस्तो भेटघाट,नाचगान,रमझम र उल्लासको अवस्था नभएको बताएका छन्।

‘यस बर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको छ। त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था छैन। विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ’ प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट