तीजले समाजमा सौहार्दता र एकतालाई मजवुत बनाउँछ : देउवा-Sutra News

तीजले समाजमा सौहार्दता र एकतालाई मजवुत बनाउँछ : देउवा

शुक्रबार, ५ भाद्र २०७७

शुक्रबार, ५ भाद्र २०७७

काठमाडौं–कांग्रेस सभापति शेरबहादुर देउवाले हरितालिका तीज पर्वको अवसरमा सम्पूर्ण हिन्दु नारीहरूलाई शुभकामना व्यक्त गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै तीजले समाजमा सौहार्दता र एकतालाई मजवुत बनाउने बताएका हुन्। 



‘मेरो व्यक्तिगत र नेपाली कांग्रेस पार्टीको तर्फबाट स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीवहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। हाम्रो देश अनेक धर्म,अनेक संस्कृति र अनेक पर्वले समृद्ध छ। यी पर्व हाम्रा पहिचान हुन्,गौरव हुन,’ विज्ञप्तिमा उल्लेख गरिएको छ,‘हाम्रो समाजमा सौहार्दता र एकतालाई मजवुत तुल्याउन यी पर्वहरुले योगदान गर्दै आएका छन्। अतःसबै खाले पर्वमा आपसी प्रेम, सद्भाव, विश्वास र भाईचारा व्यक्त गर्ने हाम्रो परम्पराले हाम्रो समाजलाई एक साझा फूलवारीका रुपमा प्रतिविम्वित गर्दै आएको छ।’

तीजमा चेलीहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि विशेष महत्व भएको बताउँदै सभापति देउवाले देश अहिले कोरोना भाइरसको महामारीबाट आक्रान्त भएका कारण यसको जोखिमलाई दृष्टिगत गर्दै सामाजिक दुरीलाई कायम राखेर तीज मनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट