सामाजिक सद्भाव र पारिवारिक एकताको माध्यम तीज : सभामुख-Sutra News

सामाजिक सद्भाव र पारिवारिक एकताको माध्यम तीज : सभामुख

शुक्रबार, ५ भाद्र २०७७

शुक्रबार, ५ भाद्र २०७७

काठमाडौं- हरितालिका तीजको अवसरमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले शुभकामना व्यक्त गरेका हुन्।



तीज पर्वको माध्यमबाट सामाजिक सद्भाव र पारिवारिक एकतामा थप मद्दत पुग्ने उल्लेख गर्दै सापकोटाले सम्पूर्ण दिदीबहिनीको स्वतन्त्र, सुरक्षित र सम्मानपूर्ण जीवन यापन गर्नसक्ने वातावरण बनाउने बहसको अवसर बन्नुपर्ने बताएका छन्।

‘कोरोना भाइरसको महामारीका कारण विगतमा जसरी यो पर्व मनाउने अवस्था छैन। कोरोनाका कारण उत्पन्न महामारी दिनप्रतिदिन विस्तारित र जोखिमपूर्ण भइरहेको हामी सबैलाई विदितै छ। तसर्थ, स्वास्थ्य मापदण्डका नियमहरू पालना गर्दै सतर्कताका साथ यो पर्व मनाउनु हुन सम्पूर्ण दिदीबहिनीलगायत सबैमा विशेष अनुरोध गर्दछु,’ सापकोटा द्वारा जारी विज्ञिप्तिमा भनिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट