निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द्व र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध रहुन् : कांग्रेस-Sutra News

निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द्व र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध रहुन् : कांग्रेस

बिहिबार, ४ भाद्र २०७७

बिहिबार, ४ भाद्र २०७७

काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द्व र प्रधानमन्त्रीका हलुका टिप्पणीमा पनि निषेध हुनुपर्ने बताएको छ।



बिहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।

लकडाउन र निषेधाज्ञा आफैँमा समाधान नभएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको आग्रह छ- विगतमा गरिएका कमजोरी र गल्तीहरुबाट पाठ सिकेर युद्धस्तरमा कार्य गर्ने विकास हालः जारी निषेधाज्ञाको समयमा गरियोस्।’

कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका स्वाथ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई आवश्यक सबै सहयोगका लागि सहजीकरण गरिदिन सरकारसँग मागसमेत गरेको छ। 

congress1.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट