कोरोना नियन्त्रणबारे थप निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दै-Sutra News

कोरोना नियन्त्रणबारे थप निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दै

बिहिबार, ४ भाद्र २०७७

बिहिबार, ४ भाद्र २०७७

काठमाडौं- कोरोना भाइरस ‘कोभिड-१९’को संक्रमण बढ्दै गइरहेका बेला यसको रोकथाम तथा नियन्त्रणका लागि थप रणनीति तय गर्न मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।



बिहीबार साँझ पाँच बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए। उनले बैठकको कार्यसूचीबारे भने बोल्न चाहेनन्।

‘पाँच बजे बैठक बस्दैछ,’ सूत्रन्युजसँग उनले भने, ‘एजेन्डा के-के छन् भनेर अहिले भन्ने कुरा भएन।’

पछिल्लो समय राजधानीलागयत देशका विभिन्न क्षेत्रमा संक्रमितहरुको संख्या बढेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक लगातार बसिरहेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीलाई लकडाउनको ढाँचाबारे प्रस्ताव ल्याउन निर्देशन दिएको थियो।

त्यसयता मंगलबार र बुधबार गरी दुई दिन सीसीएमसीको बैठक बसिसकेको छ। सीसीएमसीले सिफारिस गरेका कुरालाई आजको बैठकले औपचारिकता दिने ठानिएको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट