सांसदको लोगो दुई कक्षाको बालकको स्केच जस्तो : बाबुराम भट्टराई-Sutra News

सांसदको लोगो दुई कक्षाको बालकको स्केच जस्तो : बाबुराम भट्टराई

बिहिबार, ४ भाद्र २०७७

बिहिबार, ४ भाद्र २०७७

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता डा.बाबुराम भट्टराईले सांसदको लोगो दुई कक्षाको बालकको स्केच जस्तो भएको प्रतिक्रिया दिएका छन्। त्यस्तो स्केच बनाएर लाखौं रुपैयाँ खर्च भए पनि कसैले जिम्मेवारी नलिएको उनको भनाइ छ।



बिहीबार ट्वीट गर्दै वरिष्ठ नेता डा.भट्टराईले सो कुरा बताएका हुन्।केही दिन अघिदेखि नयाँ लोगोको आलोचना भइरहेको छ। 

पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले कोरोना भाइरसका कारण खाडी मुलुकमा अलपत्र परेका नेपाली र जिल्ला–जिल्लामा जोखिमपूर्ण वस्तीका विषयमा पनि कोही जिम्मेवार नभएको बताएका छन्। उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज गए पनि रित्तै फर्किएको थियो।

‘खाडीमा श्रमिक अलपत्र छन्,नेवानिको जहाज रित्तै फर्कन्छ। कोही जिम्मेवार हुन्न !’ सांसदको लोगो दुई कक्षाको बालकको स्केच जस्तो छापिन्छ। लाखौं चट् हुन्छ। कसैले जिम्मेवारी लिन्न। जिल्ला–जिल्लामा जोखिमपूर्ण बस्ती बेलैमा नसार्दा पैरोले दर्जनौं ज्यान जान्छ। कोही जिम्मेवार हुन्न। तैपनि सरकार स्वस्थ रे !’ डा.भट्टराईको ट्वीटरमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट