कोरोना संक्रमित बढेपछि प्रधानमन्त्रीले डाके सीसीएमसी बैठक, बालुवाटारमा छलफल हुँदै-Sutra News

कोरोना संक्रमित बढेपछि प्रधानमन्त्रीले डाके सीसीएमसी बैठक, बालुवाटारमा छलफल हुँदै

बुधबार, ३ भाद्र २०७७

बुधबार, ३ भाद्र २०७७

काठमाडौं- पछिल्लो समय कोरोना संक्रमितहरु बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक डाकेका छन्। बैठक केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।



बैठकमा कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा भावी कदम र व्यवस्थापन मिलाउनेबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

एकैदिन एक हजार बढी कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनको मोडालिटीबारे छलफलसमेत सुरु गरेको छ।

मंगलबारमात्र काठमाडौं उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बैठकले बुधबार रातिदेखि एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको थियो।

संक्रमितहरु दिनानुदिन बढ्न थालेपछि तराईका अधिकांश जिल्लामा लकडाउन गरिएको छ भने पहाडी क्षेत्रका विभिन्न स्थानीय तहमा पनि लकडाउन गरिएको छ।

नेपालमा हालसम्म २८ हजार ९३८ जना कोरोना संक्रमित रहेका छन्। जसमध्ये १७ हजार ७ सय कोरोनामुक्त भएका छन् भने १२० जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट