नेपाली साहित्यले एक धरोहर गुमायो : कांग्रेस-Sutra News

नेपाली साहित्यले एक धरोहर गुमायो : कांग्रेस

बुधबार, ३ भाद्र २०७७

बुधबार, ३ भाद्र २०७७

काठमाडौं–नेपाली कांग्रेसले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले नेपाली साहित्यले एक धरोहर गुमाएको बताएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सो कुरा बताएको हो।



‘नेपाली साहित्यका एक अथक साधक राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा भाद्र २ गते भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रकविले नेपाली साहित्यको क्षेत्रमा थुप्रै अमर कृतिहरू छाडेर जानु भएको छ। उहाँको निधनबाट राष्ट्रले साहित्य क्षेत्रको एक धरोहरलाई गुमाउनुका साथै यो क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रकवि माघवप्रसाद घिमिरेकोे निधनमा गहिरो दुःख व्यक्त गर्दै नेपाली साहित्यको एउटा कालखण्डले पनि विदा लिएको बताएका छन्। ‘उहाँको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि विदाई लिएको छ’ देउवाले भने,‘उहाँको निधनबाट राष्ट्रले एक कुशल साहित्यकारलाई गुमाउनु परेको छ। राष्ट्रको निमित्त यो एक अपूरणीय क्षति हो । यस दुःखद घडीमा म राष्ट्रकविप्रति हृदयदेखि नै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।’

साहित्यिक कृतिको क्षेत्रमा रहेर,यसको श्रीवृद्धिमा घिमिरेले पुर्याएको योगदानलाई कसैले पनि विर्सन नसक्ने बताउँदै देउवाले साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट