सिन्धुपाल्चोकमा पहिरोः २१ घर पुरिए, हेलिकप्टरसहित सेना र प्रहरी घटनास्थलमा-Sutra News

सिन्धुपाल्चोकमा पहिरोः २१ घर पुरिए, हेलिकप्टरसहित सेना र प्रहरी घटनास्थलमा

शुक्रबार, ३० साउन २०७७

शुक्रबार, ३० साउन २०७७

काठमाडौं–सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा बिहान साढे ६ बजे भीषण पहिरो गएको छ। लिदी गाउँका २१ घर पुरिएको र केही घर जोखिममा रहेका छन् ।



पहिरोले लामा गाउँ पुरिँदा २१ घरमा पूरै क्षति भएको र घाइतेको संख्या यकिन गर्न नसकिएको जुगल गाउँपालिका–२ का वडाअध्यक्ष प्रताप लामाले सूत्रन्युजलाई जानकारी दिए।

‘२/३ दिनदेखि नै पहिरो गएको थियो। आज बिहान करिब साढे ६ बजेतिर अविरल वर्षाका कारण पहिरो गएको छ। पहिरोले २१ घर पुरेको छ’, अध्यक्ष लामाले भने, ‘कति मानिस निधन र वेपत्ता भएका छन् त्यसको विवरण आएको छैन।’

उद्धारका लागि घटनास्थलमा सेना र प्रहरीलाई हेलिकप्टरसहित पठाइएको पनि अध्यक्ष लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट