ब्रोकरमा राखेको धरौटी रकमबाट ब्याज पाइने-Sutra News

ब्रोकरमा राखेको धरौटी रकमबाट ब्याज पाइने

बिहिबार, २९ साउन २०७७

बिहिबार, २९ साउन २०७७

काठमाडौं–लगानीकर्ताले सेयर कारोबारका लागि राखेको २५ प्रतिशत धरौटी (मार्जिन) रकममा अब प्रतिफल पाउने भएका छन्।



सेयर कारोबारका लागि धरौटी राखेको रकममा प्रतिफल (ब्याज) नपाएको लगानीकर्ताले गुनासो गर्दै आएका थिए। सोही गुनासोलाई सम्बोधन गर्दै धितोपत्र बोर्डले धरौटी रकममा प्रतिफल उपलब्ध गराउन बुधबार बेलुकी निर्देशन दिएको हो।

लगानीकर्ताले ब्रोकरलाई बुझाउने रकममा सृजित हुने रकममा दायित्व तथा प्रतिफलका सम्बन्धमा लगानीकर्ता तथा धितोपत्र दलाल व्यवसायीबीच हुने सम्झौतमा अब उल्लेख गर्नुपर्नेछ। यसका लागि बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ संशोधन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट