एकैदिन सुनको मूल्य ६ हजार २ सय घट्यो-Sutra News

एकैदिन सुनको मूल्य ६ हजार २ सय घट्यो

बुधबार, २८ साउन २०७७

बुधबार, २८ साउन २०७७

काठमाडौं–नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ हजार २०० ले घटेको छ।



महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ । यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य पनि प्रतितोला रु २२५ ले घटेको छ । आजका लागि चाँदीको मूल्य प्रतितोला रु एक हजार २१० निर्धारण गरिएको छ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार पुगेको थियो। मंगलबार पनि सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा गिरावट आएको छ। प्रतिऔँस दुई हजार डलर नाघेको सुनको मूल्य आज विश्वबजारमा प्रतिऔँस एक हजार ८९०।५५ डलरमा झरेको छ।

महासंघका अध्यक्ष मोहनकुमार सुनारले अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेकाले नेपालमा पनि सुनको मूल्य ओरालो लागेको बताए। विश्वबजारमा सुनको भाउ घट्नाका कारणबारे आफूले अध्ययन गरिरहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट