नेप्से बढेर १४ सय माथि पुग्यो-Sutra News

नेप्से बढेर १४ सय माथि पुग्यो

सोमबार, २६ साउन २०७७

सोमबार, २६ साउन २०७७

काठमाडौं- सोमबार नेप्से ३७.७४ अंकले बढेर १४३१.४१ बिन्दुमा पुगेको छ। हिजो सामान्य घटेको सेयर बजारमा आज हरियाली छाएको हो। सेयर बजार बढ्नुको कारण लगानीकर्ताहरु सेयर बजारतर्फ आकर्षित भएका हुन्।



आज बजारमा १८९ कम्पनीहरुको रु १ अर्ब ५५ करोड ५५ लाख १८ हजार ९३२ कारोबार भएको छ। यता ४२ लाख ५२ हजार ८०८ कित्ता सेयर कारोबार भएको छ। आज कारोबार भएका १२ समूहमध्ये ११ समूहको सेयर कारोबार बढेको छ।

समूहमा सबैभन्दा धेरै कमाउने बैंकहरु समूह रहेको छ भने सबैभन्दा धेरै गुमाउने समूह म्यूचूअल फन्डहरुको रहेको छ। यता अजोड इन्सुरेन्स र साधना लघुवित्त वित्तीय संस्थाको सेयर लगभग १० प्रतिशले बढेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट