अमेरिकामा कोरोना संक्रमणबाट १ लाख ६५ हजारभन्दा बढीको मृत्यु-Sutra News

अमेरिकामा कोरोना संक्रमणबाट १ लाख ६५ हजारभन्दा बढीको मृत्यु

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं–अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९४७ जनाको मृत्यु भएसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या १ लाख ६५ हजार ४१ पुगेको छ ।



शनिबार एकैदिन थप ५२ हजार ८४८ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५१ लाख ४८ हजार ३७२ पुगेको छ।संक्रमितमध्ये अहिलेसम्म २६ लाख ३५ हजार १४० जना संक्रमणमुक्त भएका छन्। वर्ल्डोमिटर्सका अनुसार उपचार गराइरहेका २३ लाख ४८ हजार १९१ जनामध्ये १८ हजार ३३ जनाको अवस्था गम्भीर छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट