अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्न इराकी प्रधानमन्त्री अमेरिका आउने-Sutra News

अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्न इराकी प्रधानमन्त्री अमेरिका आउने

शनिबार, २४ साउन २०७७

शनिबार, २४ साउन २०७७

वासिङ्टन- इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका आउनु भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न उनी अमेरिका आउनु लागेको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन्।



राष्ट्रपति कार्यालय ह्वाईट हाउसले यही अगस्ट २० तारिखमा उनी अमेरिकाको वासिङ्टन आउने जनाएको छ। ‘राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीलाई ह्वाइट हाउसमा अगस्ट २०, २०२० मा स्वागत गर्नुहुनेछ,’ ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा लेखिएको छ।

वक्तव्यका अनुसार दुई देशबीचको सम्वन्ध संकटमा परिरहेका बेला उनीहरुबीच भेटवार्ता हुन लागेको हो। उनीहरुका बीचमा इस्लामिक स्टेट (आइएस)का हिंसात्मक गतिविधिहरु नियन्त्रण गर्ने र कोरोनाभाइरसको नियन्त्रणमा सहकार्य गर्ने बारेमा छलफल हुने जनाइएको छ।

हुन लागेको भेटवार्ताले वासिङ्टन र बग्दादबीचको दुई पक्षीय सम्वन्धलाई सकारात्मक र बलियो बनाउदै सुरक्षा, ऊर्जा, स्वास्थ्य, अर्थतन्त्रलगायतका विषयमा सहयोग आदानप्रदान गर्ने विश्वास पनि व्यक्त गरिएको छ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट