प्रचण्डको सपरिवार र सचिवालय सदस्यको रिपोर्ट नेगेटिभ-Sutra News

प्रचण्डको सपरिवार र सचिवालय सदस्यको रिपोर्ट नेगेटिभ

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवार र सचिवालयसहित निजी अंगरक्षकहरूको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।



प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले शंका लागेर स्वाव परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको बताएका छन्। ‘अध्यक्ष प्रचण्ड, उहाँको परिवार, सचिवालयको हामी र उहाँको निजी अंगरक्षकहरू सबैको रिपोर्ट नेगेटिभ आयो,’ उनले भने। 

प्रचण्ड पुत्री गंगा दाहालले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष प्रचण्डसहित परिवार, सचिवालय र सुरक्षाकर्मीहरूमा संक्रमण नभएको उल्लेख गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट