कांग्रेस १४ औं महाधिवेशन : पदाधिकारीसँग छलफल गर्दै देउवा-Sutra News

कांग्रेस १४ औं महाधिवेशन : पदाधिकारीसँग छलफल गर्दै देउवा

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गरेका छन्। देउवा निवास बुढानिलकण्ठमा जारी छलफलमा पार्टीमा देखिएको आन्तरिक विवाद र १४ औं महाधिवेशनको विषयमा छलफल केन्द्रित छ।



‘पार्टीमा देखिएको विवाद, पार्टीको १४ औं महाधिवेशका लगायतका विषयमा अहिले छलफल भइरहेको छ,’सभापति देउवाका प्रमुख स्वाकीय सचिव भानु देउवाले सूत्रन्युजसँग भने,‘वैठकमा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुनुहुन्छ।’

१३ औँ महाधिवेशन भएको २ महिना भित्र गठन गर्ने विभाग र समिति १४ औँ महाधिवेशनको मिति तोकिसकेको अवस्थामा गठन गरेको, क्रियाशील सदस्यता वितरण, नवीकरण गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोध जनाउँदै आएको छ।

पौडेल समूहले नयाँ विस्तार भएका विभाग तथा समितिहरु खारेज गर्न पनि माग गरेको छ। यो समूहले देउवाले गठन गरेको विभाग विधान विपरित भएको पनि बताउँदै आएको छ। सभापति देउवाले विभाग संख्यासमेत बढाएर २० विभागमा प्रमुख तोकिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट