नेकपाको विवाद समाधान गर्न बामदेवले ल्याए ६ बुँदे प्रस्ताव-Sutra News

नेकपाको विवाद समाधान गर्न बामदेवले ल्याए ६ बुँदे प्रस्ताव

मंगलबार, १३ साउन २०७७

मंगलबार, १३ साउन २०७७

काठमाडौं- दुई अध्यक्षको टकरावका कारण यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ। शीर्ष नेताहरुले पार्टी कुनै पनि हालतमा नफुट्ने बताए पनि दुई अध्यक्ष एकमत हुन नसक्दा स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै आएको छ।



यसैबीच पार्टी उपाध्यक्ष बामदेव गौतमले पार्टीभित्रको विग्रह रोक्नका लागि दुबै अध्यक्षसामु ६ वटा प्रस्ताव पेस गरेका छन्।

उनको पहिलो प्रस्तावमा अध्यक्ष केपी शर्मा ओली एकता महाधिवेशनसम्मका लागि अध्यक्ष र बाँकी अवधिभरि प्रधानमन्त्रीकै जिम्मेवारीमा बस्नुपर्ने उल्लेख छ। दोस्रो नम्बरमा भने अर्का अध्यक्ष पुष्पकमल दाहाललाई एकता महाधिवेशनसम्मका लागि कार्यकारी अध्यक्षकै रुपमा बस्नुपर्ने उल्लेख छ।

हेर्नुस् बाँकी प्रस्ताव

116125384_3334414186597339_3259910522294347277_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट