लुम्बिनीका मुख्यमन्त्रीले लिए शपथ, तीन जना मन्त्रीको जिम्मेवारी तोक्न बाँकी-Sutra News

लुम्बिनीका मुख्यमन्त्रीले लिए शपथ, तीन जना मन्त्रीको जिम्मेवारी तोक्न बाँकी

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले उनीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।



आइतबार दिउँसो प्रदेश प्रमुखको कार्यालय बुटवलमा मुख्यमन्त्रीको शपथपछि तीन जना मन्त्रीले पनि शपथ लिएका छन् । उनीहरूको जिम्मेवारी तोक्न बाँकी रहेको छ ।

नेकपा एमालेबाट दलका उपनेता चेतनारायण आचार्य, नेकपा माओवादी केन्द्रबाट दीपेन्द्र पुन र जनता समाजवादी पार्टीबाट भण्डारी लाल अहिर मन्त्री बनेका हुन् । मुख्यमन्त्रीले आजै देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट