उपाधिका लागि नेपालले भारतीय टोलीलाई दियो १७७ रनको लक्ष्य-Sutra News

उपाधिका लागि नेपालले भारतीय टोलीलाई दियो १७७ रनको लक्ष्य

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । भारतमा जारी एसएमएस त्रिकोणात्मक टी २० शृंखलामा नेपालीले गुजरात क्लबलाई जितका लागि १७७ रनको लक्ष्य दिएको छ ।



टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्ध शतकीय पाली खेले । उनले ४७ बलमा ७४ रन बनाए ।

ओपनर ब्याट्सम्यान आसिफ शेखले ३४ बलमा ३४ रन थपे । अर्का ओपनर कुशल भुर्तेलले २१ बलमा १९ रन बनाए । दीपेन्द्रसिंह ऐरी तीन बलमा सात रन बनाए ।

कुशल मल्लले १३ बलमा अविजित ३१ रनको योगदान गरे । सन्दीप जोराले तीन बलमा अविजित सात रन बटुले ।

भारतीय टोलीका बलर शेन पटेल, तेजस पटेल र जला युवराजसिंहले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट