नेपाल र वेष्ट इण्डिज ए बीचको चौथो खेल हुँदै-Sutra News

नेपाल र वेष्ट इण्डिज ए बीचको चौथो खेल हुँदै

बिहिबार, २० बैशाख २०८१

बिहिबार, २० बैशाख २०८१

काठमाडौं । नेपाल र वेष्ट इण्जि ए बीचको सिरिजको चौथो खेल हुँदैछ । त्रिवि किक्रेट मैदानमा हुने दिउँसो १२ः१५ बजे हुनेछ ।



सिरिजमा अहिलेसम्म वेष्ट इण्जि ए २ः१ ले अगाडि रहेको छ । पहिलो खेल चार विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो । तेस्रो खेल ७६ रनले हारेको थियो ।

यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा छन् ।

यस्तै, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।

नेपाल टुरमा आएको वेष्ट इण्जि ए टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् ।

नेपालले सिरिजको पाँचौँ तथा अन्तिम खेल मे ४ मा हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट