उपाधिका लागि पहिला ब्याटिङ गर्दै नेपाल-Sutra News

उपाधिका लागि पहिला ब्याटिङ गर्दै नेपाल

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले फाइनलमा गुजरातसँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।



एसएमएस फ्रेन्डसिप कपअन्तर्गत नेपालको टोलीमा कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेख फर्किएका छन् ।

तीव्र गतिका बलर आकाश चन्द, प्रतिश जि.सी., ललित राजवंशी र अनिल शाहले आराम पाएका छन् ।

सिरिजको यसअघिका खेलहरूमा नेपालले तीनमा विजयी र एक खेलमा हार बेहोरेको थियो । जसमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो । अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट