नेपाल र आयरल्याण्डको ए टोलीबीच अन्तिम खेल हुँदै, दबाबमा नेपाली टोली-Sutra News

नेपाल र आयरल्याण्डको ए टोलीबीच अन्तिम खेल हुँदै, दबाबमा नेपाली टोली

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । नेपाल ए र आयरल्याण्ड ए बीचको एक दिवसीय सिरिजको अन्तिम खेल हुँदै छ । खेल बिहान ९ः३० बजेदेखि कीर्तिपुरस्थिति त्रिवि मैदानमा शुरु हुने भएको हो ।



यसअघि नेपालले दुई खेल गुमाइसकेको छ । पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भइसकेको छ । पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट हुँदा दोस्रो खेलमा १७५ रनको लक्ष्य पछ्याएको नेपाल ६० रनमा अल आउट भएको थियो ।

नेपालका सिनियर टोलीका भीम सार्की, आरिफ शेख, अर्जुन साउद र देव खनाल छन् । सिरिज गुमाइसकेको हुँदा नेपाल क्लिन स्वीपबाट बच्नु पर्ने दबाबमा छ ।

उता आयरल्याण्ड ए ले पनि आफ्ना मौका नपाएका खेलाडीलाई आज मौका दिने सोचमा हुनेछ । आयरल्याण्ड नेपालको सिनियर टोलीसँग दुई टी २० खेलमा दुवैमा पराजित भएको थियो । नेपाल ए लाई तीन टी २० खेलमा २–१ ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट