लगातार हारेपछि भगवानको शरणमा पुगे कप्तान हार्दिक-Sutra News

लगातार हारेपछि भगवानको शरणमा पुगे कप्तान हार्दिक

शनिबार, २४ चैत्र २०८०

शनिबार, २४ चैत्र २०८०

काठमाडौं । भारतमा जारी १७ औँ इण्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको विजेता मुम्बाई इण्डियन्सको प्रर्दशन सबैभन्दा कमजोर सावित भइरहेको छ ।



भारतीय डलर खर्बपति मुकेश अम्बानीको लगानी रहेको मुम्बाईले यो सिजनमा रोहित शर्मालाई कप्तानको जिम्मेवारीबाट हटाएर हार्दिक पाण्ड्यलाई जिम्मेवारी दिएको छ ।

नयाँ कप्तानी पाएसँगै हार्दिकका लागि केही पनि ठिक हुन सकेको छैन । जसका कारण उनले समर्थकबाट भारी आलोचना खेप्न बाध्य भएका छन् ।

यसैबीच हार्दिक अहिले भगवानको शरणमा पुगेका छन् । चौथो खेलअघि उनी सोमनाथ मन्दिर पुगेर शिवलिङ्गको पुजा गरेका हुन् ।

यस अवसरमा उनको संस्कारी शैली देखेर मानिसहरुले उनको धेरै प्रशंसा गर्न थालेका छन् । यो कार्यसँगै सबैले उनको टोली मुम्बाईले विजयी सुरु गर्ने विश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट