अस्पतालबाटै बच्चा चोरेर बेच्ने गिरोह पक्राउ, सात आरोपीसहित तीन शिशु फेला-Sutra News

अस्पतालबाटै बच्चा चोरेर बेच्ने गिरोह पक्राउ, सात आरोपीसहित तीन शिशु फेला

शनिबार, २४ चैत्र २०८०

शनिबार, २४ चैत्र २०८०

काठमाडौं । भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले देशैभर बच्चा बेचबिखन गर्ने गिरोहलाई सार्वजनिक गरेकाे छ ।



अनुसन्धान एजेन्सीले शुक्रबार दिल्ली र हरियाणाका सात स्थानमा छापा मारेको थियो । यस क्रममा दिल्लीको केशवपुरमको एउटा घरबाट तीन नवजात शिशुको उद्धार गरिएको थियो ।

तीमध्ये दुई जना केटा छन् । जसमध्ये एउटा डेढ दिनको र अर्को १५ दिनको छ । एउटी छोरी करिब एक महिनाकी छन् । सीबीआईले अस्पतालका वार्ड ब्वाईसहित सात जनालाई पक्राउ गरेको छ । जसमा धेरै महिलाहरु पर्छन् ।

अस्पतालबाट बच्चा चोरेर बेच्ने पक्राउ

सीबीआई स्रोतका अनुसार आरोपीलाई एनसीआर क्षेत्रबाट पक्राउ गरिएको हो । यी मानिसहरू अस्पतालबाट नवजात शिशुहरू चोर्ने गर्थे ।

त्यसपछि कालो बजारीमा सामान जस्तै कारोबार गर्दै आएका थिए । बच्चाका लागि करिब चार देखि पाँच लाख रुपैयाँमा सम्झौता हुन्थ्यो । मार्चमा मात्रै करिब १० बालबालिका बेचिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट