सर्वोच्चले दुर्गा प्रसाईंको मुद्दा १२ गते सुनुवाइ गर्ने-Sutra News

सर्वोच्चले दुर्गा प्रसाईंको मुद्दा १२ गते सुनुवाइ गर्ने

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको झापास्थित बीएण्डसी मेडिकल कलेजसँग सम्बन्धित मुद्दाको फैसला सर्वोच्च अदालतले यही १२ गते सुनाउने भएको छ ।



मंगलबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति तोकेको हो । झापाको प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर सम्बन्धन नदिएको भन्दै प्रसाईले रिट दायर गरेका थिए ।

करिब तीन वर्षअघि विं.सं. २०७७ असार २१ मा काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगविरुद्ध प्रसाईंले रिट निवेदन दर्ता गरेका हुन् । लगत्तै उनले दोस्रोपटक रिट निवेदन दर्ता गरेका थिए ।

सर्वोच्च अदालतले प्रसाईंले दायर गरेको सबै मुद्दालाई सँगै राखेर सुनुवाइ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट