प्रदूषित हावाका कारण विश्वमा वर्षेनी ७० लाख मानिसको मृत्यु-Sutra News

प्रदूषित हावाका कारण विश्वमा वर्षेनी ७० लाख मानिसको मृत्यु

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०

काठमाडौं । सन् २०२३ मा भारत तेस्रो खराब हावा भएको देशमा रह्यो । स्वीस संगठन आइक्यू एयरको विश्व वायु गुणस्तर प्रतिवेदन २०२३ अनुसार बंगलादेश विश्वमा सबैभन्दा खराब हावा भएको देश हो । १३४ देशको यो सूचीमा पाकिस्तान दोस्रो स्थानमा छ ।



रिपोर्टका अनुसार नयाँ दिल्ली सबैभन्दा खराब हावा भएको राजधानी थियो । बिहारको बेगुसराय विश्वको सबैभन्दा प्रदूषित महानगर हो । जहाँ २०२२ मा बेगुसरायको नाम पनि यो सूचीमा थिएन । भारत सन् २०२२ मा प्रदूषित हावा भएका देशहरूको सूचीमा आठौं स्थानमा थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रदूषित हावाका कारण विश्वमा वर्षेनी ७० लाख मानिसको मृत्यु हुने गरेको छ । मृत्यु हुने हरेक नौ जनामध्ये एक जना खराब हावाका कारण मरिरहेका छन् ।

कूल ३० हजारभन्दा बढी वायु गुणस्तर अनुगमन केन्द्र र अनुसन्धान संस्थान, विश्वविद्यालय र सरकारी निकायबाट तथ्यांक संकलन गरी यो वर्षको तथ्यांक सार्वजनिक गरिएको आइक्यू एयरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट