सुन तस्करी प्रकरण- गुरुङलाई धरौटीमा छाड्न आदेश-Sutra News

सुन तस्करी प्रकरण- गुरुङलाई धरौटीमा छाड्न आदेश

सोमबार, ५ चैत्र २०८०

सोमबार, ५ चैत्र २०८०

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।



जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई १५ लाख धरौटीमा छाड्न आज आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गुरुङलाई गत फागुन १४ गते पक्राउ गरेको थियो ।

आज सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट