शेयर बजारमा झिनो अंकको बृद्धि, चार कम्पनीको मूल्यमा सर्किट-Sutra News

शेयर बजारमा झिनो अंकको बृद्धि, चार कम्पनीको मूल्यमा सर्किट

सोमबार, ५ चैत्र २०८०

सोमबार, ५ चैत्र २०८०

काठमाडौं । लगातारको गिरावटपछि शेयर बजारमा झिनो अंकको बृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार ३.२७ अंकले बढ्दै बजार २०७३.५३ को बिन्दुमा पुगेको छ । समग्रमा बजार ०.१५ प्रतिशतले बढेको छ ।



झिनो अंकले बढेको भएपनि सोमबार बजारमा चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । गोर्खा फाइनान्स, सप्तकोशी विकास बैंक, पिपुल्स हाइड्रो र धौलागिरी लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको मूल्य पनि सर्किट लेभलमा बृद्धि भएको छ ।

यसदिन कारोबारमा आएका २४३ कम्पनीमध्ये १४८ कम्पनीको मूल्यमा बृद्धि भयो भने ८५ कम्पनीको मूल्यमा गिरावट आयो । १० कम्पनीको मूल्य भने स्थिर रहेको स्टक एक्सचेन्जले जनाएको छ ।

बजारमा बृद्धि भएपनि कारोबार रकम भने एक साता यताकै कम भएको छ । यसदिन ७४ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम दुई अर्ब ८८ करोड ५६ लाख रुपैयाँ बराबरको भएको स्टक एक्सचेन्जले जनाएको छ ।

कारोबार रकमको हिसाबले यस दिन पनि गुराँस फाइनान्स, शिवम् सिमेन्ट, सोनापुर मिनरल्स, माथिल्लो तामाकोशीलगायतको कारोबार उच्च रह्यो । गुराँस फाइनान्सको दुई लाख ९२ हजार ३८० कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २३ करोड १४ लाख ५८ हजार ७७ रहेको स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट