साताको पहिलो दिन सुनको मूल्य बढ्यो, नयाँ मूल्य कति ?-Sutra News

साताको पहिलो दिन सुनको मूल्य बढ्यो, नयाँ मूल्य कति ?

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको छ । योसँगै आइतबार छापावाला सुनको मूल्य एक लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।



नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुनको मूल्य एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजाबी सुनको मूल्य एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस दुई हजार ३३७ दशमलव ९३ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट