सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गर्ने प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर-Sutra News

सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गर्ने प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर

बिहिबार, ११ माघ २०८०

बिहिबार, ११ माघ २०८०

काठमाडौं । महिलाहरूले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याडको बजेटमा हिनामिना गरेको आरोप लागेपछि सप्तरी रुपनी गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ ।



निःशुल्क सेनिटरी प्याड वितरणको बजेटमा भ्रष्टाचार गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहालविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूले सामुदायिक विद्यालयका छात्राका लागि आर्थिक वर्ष २०७७-७८ मा सेनिटरी प्याड वितरण गर्न पालिकाबाट विनियोजित बजेटबाट ९ लाख ११ हजार ९२५ रूपैयाँ पर्ने सेनिटिरी प्याड खरिदमा भ्रष्टाचार गरेका हुन् ।

उनीहरूले लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजकी प्रोप्राइटर ललिताकुमारी साहसमेतको मिलेमतोमा १७ लाख ८५ हजार ९२८ रूपैयाँमा खरिद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट